आज २०७८ बैशाख ६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

Rashi 768x459

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । दाजुभाई तथा छिमेकीसँगको सम्वन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा लगानी गर्दा पछिसम्म आम्दानी भैरहनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यावसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानी नहुदा दैनिकि प्रभावित हुनेछ । सरकारी स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिने सम्भावन रहेकोछ । माया प्रेममा अविस्वास बढ्नेछ भने घर परिवारमा आफन्तबिच घरायसि कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काम गर्ने सवालमा शक्तिशाली व्याक्तिहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा आफू कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपार्ईँको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुँदा चिताएको काम सम्पादन गर्न सकिने छैन । मायाप्रेममा आफ्नो मायालुसँग दुरी बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपार्ईँको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्नी बीच बिश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथिसँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउँनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । नोकरी तथा बिद्यामा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धाहरु बलिया हुन सक्छन ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...