म्याक्सवेलको अर्धशतकमा बेंग्लोरको दोस्रो जित

Cricket

काठमाडौँ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंग्लोरले दोस्रो जित निकालेको हो ।

चेन्नेईमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि म्याक्सवेलले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३३ रन बनाए ।

१५० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको हैदरावादले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान डेभिड वार्नरले ५४ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै मनिष पाण्डेले ३८ रन बनाए । बेंग्लोरका शहबाज अहमदले तीन, मोहम्मद सिरजले दुई र हर्षल पटेलले दुई विकेट लिए । जितसँगै बेंग्लोर दुई खेलबाट शतप्रतिशत जितसहित ४ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । हैदरावाद दुवै खेलमा पराजित छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...