नेपाल-खनाल समुहले आज संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने

Nepal khanal group

काठमाडौं । माधवकुमार नेपालसहितका शीर्ष नेताहरुलाई केपी शर्मा ओली समुहले कारवाही गरेपछि नेकपा एमालेभित्रको विवाद उग्र बन्दै गएको छ
ओलीले कारवाही गरेपछि थप रुष्ट बनेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको छ । नेपाल खनाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने समेत जानकारी दिएको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध पनि गरेको छ ।

कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता योगेश भट्टराईले केपी ओली एमालेलाई विभाजित गर्न खोजेकाले यसकोे निन्दा र भत्र्सना गरे ।

कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता योगेश भट्टराईले भने, ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भत्र्सना गर्छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्धय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए भने ओलीले चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...