विद्रोहबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो : उपेन्द्र यादव

Upendra yadav1

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विद्रोहबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएको बताएका छन् ।

माओवादी सशस्त्र विद्रोह र २०६२र६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र धरापमा परेको औँल्याएका हुन् ।

२००७ सालदेखि नै आन्दोलन र त्यसपछिको उपलब्धी आफूहरुले प्राप्त गर्दैआए पनि ती उपलब्धीलाई जोगाउन नसकिरहेको उनले बताएका थिए । ‘आन्दोलन गर्छौँ, परिवर्तन ल्याउँछौँ, सरकारमा पनि जान्छौँ, के नपचेको हो, के नपचेको । तर जोगाउन सक्दैनौँ’ नेता यादवले भनेका छन् ।

उनले पछिल्लो पटक प्राप्त उपलब्धीमा पनि खतरा देखिएको र संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता जस्ता उपलब्धीमा ग्रहण लाग्न थालेको प्रतिक्रिया दिए । काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा नेता यादवले यस्तो बताएका हुन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...