थ्री–नेसन्स कपको उपाधि नेपालले जित्यो

Nepal footbal

काठमाडौं । थ्री–नेसन्स कपको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले उपाधिसँगै ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार अमेरिकी डलर पाएको छ ।

थ्री–नेसन्स कपको समूह चरणको दुई खेलमा गोल गर्न असमर्थ नेपालले फाइनल खेलमा गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा लामो समयदेखिको गोल खडेरीको अन्त्य पनि गरेको छ ।

नेपालका लागि सञ्जोग राई, विशाल राई गोल गरेका थिए । शुरुवातबाट आक्रामक खेल पस्किएको नेपालले पहिलो हाफमा २ गोल गरेको थियो । खेलको १७ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पनि एकपछि अर्को आक्रमण बुनेको नेपालले खेलको ४१ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

नेपालको अग्रता दोब्बर बनाउन विशाल राईले उत्कृष्ट गोल गरेका थिए । तर, खेलको ८२ औं मिनेटमा गोल गर्दै बंगलादेश खेलमा फर्किएको थियो । बंगलादेशका लागि मेहबुब रहमानले हेडर गोल गरेका थिए । त्यसपछि खेलमा केही दबाबमा देखिए पनि नेपालले थप गोल खाएन र उपाधि सुरक्षित ग¥यो ।

त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस