इजरायल निर्वाचनः नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

Isreal prime quarantined

एजेन्सी । इजरायलमा भएको निर्वाचनको मतगणना सुरू भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।

संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो ।

राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अव भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् ।

अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उहाँलाई बहुमत पु¥याउन अरु ९ सिट आवश्यक पर्दछ ।

त्यसैगरी उनको प्रतिस्पर्धी अर्को गठबन्धनले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी यसपहिले लिकुड पार्टीको सहयोगीसमेत रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ भने त्यसले नेतान्याहुँसँग गठबन्धन गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रबल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...