राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ काठमाडौंको तेस्रो बार्षिक साधारण सभा

Lok dohori news

काठमाडौं । राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौंको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

‘लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ शनिबार माठमाडौंमा सम्पन्न भएको सो साधारण सभाको उद्घाटन कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, प्रहरी नायब उपरिक्षक रोशन खड्का, गायक बिमलराज क्षत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिब हमाल, बरिष्ठ गीतकार भरत बमजम, काठमाडौं महानगरपालिका वडा नं. २६ वडा अध्यक्ष ख्यामराज तिवारी, टोखा नगरपालिका वडा नं. ९ का जिपी नेपाल, संरक्षक हिक्मत शेरचन लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौंका अध्यक्ष रिमबहादुर खत्रीको सभापत्तित्वमा भएको थियो भने साधारणसभाको प्रमुख जिल्ला अधिकारी पराजुलीले उद्घाटन गरेका थिए ।

सभामा समाजसेबी ब्यक्तित्व, कलाकार र पत्रकारहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतीसँगै नृत्य पनि प्रस्तुत गरिएको थियो । बन्द शत्र कार्यक्रममा अध्यक्ष रिमबहादुर खत्रीले बार्षिक प्रतिबेदन, महासचिव गुणराज खनालले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष नवराज पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेका थिए भने दिप सागर थापाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव भिम श्रेष्ठले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन महासचिव गुणराज खनालले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...