सीमसार क्षेत्रमा बन्यो ‘चट्ट कपाल कोरेर’ गीतको भिडियो

Chatta kapal

धनकुटा । धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा छायांकन गरिएको ‘चट्ट कपाल कोरेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चर्चित गायक किरण भुजेलको आवाज रहेको उक्त गीतमा विष्णु विक्रम निरौलाको शब्द रहेको छ । यम के निरौलाको संगीत रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा वालकलाकार ईतुषा लिम्वुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन विशेष लामा गुरुङले गरेका छन् भने सम्पादन तथा निर्देशन गीतकार स्वंय विष्णु विक्रम निरौलाले गरेका छन् ।

आफ्नो पहिलो गीत दर्शक सामु राख्न पाएकोमा खुशी ब्यक्त गर्दै गीतकार, सम्पादक तथा निर्देशक निरौलाले यसै गीतमार्फत आफूले आम दर्शकहरुको माया र साथ पाऊने अपेक्षा गरे ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...