आजदेखि इलाममा भलिबल प्रतियोगिता आयोजना हुने

Volleyball 4

इलाम । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा इलाम सदरमुकामको ठूलो टुडिखेलमा आजदेखि भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, विमान ट्रेडर्स बिर्तामोड, गौरादह र दमक नगर भलिबल क्लबको सहभागिता रहने छ ।

चैत ७ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने आयोजक जिल्ला भलिवल संघले जनाएको छ । विमान ट्रेडर्सबाट भारतको दिल्ली, दमकबाट कोलकोत्ता र गौरादहबाट हरियाणाका खेलाडी सहभागी छन् ।

प्रतियोगिताका विजेताले दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार रुपैयाँ साथै ट्रफी प्राप्त गर्ने जिल्ला भलिबल संघका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिए । लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा १२ वटा खेल हुने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...