राजारानीले उचाल्यो दोस्रो चौविसे रनिङ कपको उपाधी

Rajarani game winner

धनकुटा । राजारानीले दोस्रो चौविसे रनिङ कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिवार भएको फाइनलमा मुढेवासलाई ३–० गोलले पराजित गर्दै राजारानीले उपाधि हात पारेको हो ।

राजारानीले उपाधीसँगै उपाधिसँगै राजारानीले ५५ हजार नगद पुरस्कार पाएको छ भने उप–विजेता मुढेवासले ३५ हजारमा चित्त बुझाएको छ । निक्कै कडा प्रतिष्पर्धामा राजारानीलाई उपाधि दिलाउन खेमराज विक, दिलकुमार लिम्बू र यौमन लिम्बूले एक/एक गोल गरे ।

खेलको २३ औं मिनेटमा खेमराजले पहिलो गोल गर्दै राजारानीको खाता खोलेका थिए । ३२औं मिनेटमा दिलकुमारले पुनः गोल थप्दै टिमलाई २–० को अग्रता दिलाए । यौमनले खेलको ४१औं मिनेटमा गरेको गोल नै राजारानीलाई उपाधिका लागि पर्याप्त रह्यो ।

त्यसैगरी शनिवार नै भएको खेलमा बसन्तटारलाई ३–० गोलले पराजित गर्दै तृतीय बनेको मौनावुधुकले २० हजार नगद पुरस्कार पाएको छ । रारा फुटबल क्लवका सचिव युवराज कटुवालका अनुसार प्रतियोगितामा राजारानीका रबिन लिम्बू सर्वोत्कृष्ट खेलाडी र राजारानीकै आशिस चेम्जोङ सर्वाधिक गोलकर्ता बन्दै पुरस्कृत भए ।

खेलका विजयीहरुलाई संविधान सभा सदस्य टिकाराम चेम्जोङ, चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, जिल्ला फुटवल संघका अध्यक्ष गोविन्द राई लगायतले विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरे ।

रारा फुटबल क्लवको व्यवस्थापनमा चौविसे गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि चौविसे गाउँपालिका क्षेत्रका ८ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...