राजारानीमा दोस्रो चौविसे रनिङ कप फुटवल प्रतियोगितामा शुरु

Chaubise butbal

धनकुटा । धनकुटाको चौविसे गाँउपालिकाको केन्द्र राजारानीमा आजदेखि दोश्रो चौविसे रनिङ कप फुटवल प्रतियोगितामा शुरु भएको छ ।

चौविसे गाउँपालिकाका ८ वटा टिमले भाग लिएको प्रतियोगिताको प्रदेशसभा सदस्य विनादेवी राईले उद्घाटन गरिन् । खेलको उदघाटन कार्यक्रममा चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, विभिन्न कार्यालय, संघ संस्थाका प्रमुखहरु, जनप्रतिनिधिहरु र ८ वटै वडाका वडाध्यक्षहरु सहभागी भएका थिए । खेलाडीहरुलाई शुभकामना दिँदै रेफ्रीहरुलाई बल हस्तान्तरण गरी खेल सुरु गरिएको थियो ।

चौविस गाउँपालिका खेलकुद विकास समितिको आयोजना र रारा फुटवल क्लवको व्यवस्थापनमा सञ्चालन भएको सो प्रतिगोगिताको पहिलो खेलमा मौनाबुधुक र मुढेबासले जित हात परेका छन् । मौनाबुधुक र कुरुलेतेनुपा बीच भएको खेलमा ३–१ को अन्तरले मौनाबुधुक विजयी भएको छ ।

मौनवुधुक पहिलो चौविसे फुटवल प्रतियोगिताको विजेता पनि हो । त्यसैगरी मुढेबास र ६ नम्बर बुधबारेबीच भएको खेलमा ३–० गोलको अन्तरले मुढेबास विजयी बन्यो । आजको खेलमा मौनाबुधुकका मौसम लिम्बु र मुढेबासमा प्रकाश मगर म्यान अफ द म्याच घोषित भए ।

बिहीबार राजारानी र चौविसे गाउँपालिका वडा नं ४ को कुरुले र बसन्तटार र बोधेबीच हुने रारा फुटवल क्लवका सचिव युवराज कट्वालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...