सिंहदेवी युथ क्लव सिधुवाले जित्यो महालक्ष्मी मेयर कपको उपाधी

Mahalaxmi mayar cup winner

धनकुटा । सिंहदेवी युथ क्लव सिधुवाले दोस्रो महालक्ष्मी मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । उपाधि हात पारेसँगै सिंहदेवीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

निक्कै रोमाञ्चक फाइनल खेलमा आयोजक जितपुर ‘ए’ ट्राइबेकरमा पराजित हुँदा उपविजेतामै चित्त बुझाउन बाध्य भयो । उपविजेता जितपुर ‘ए’ प–बिजेता जितपुरले ५० हजारमा चित्त बुझाएको छ ।

खेलको सुरुवाती चरणमा जितपुरका टिम क्याप्टेन मनिस गुरुङले कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै टिमको खाता खोलेका थिए । पहिलो हाममा जितपुरले अग्रता लिएको भए पनि दोस्रो हापमा सिधुवाका नरेन विकले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा सिधुवाका सन्तु लिम्बु, विरेन चेम्जोङ र नरेन विकले समान एकरएक गोल गरे भने रुपेश याखाले मात्र गोल गर्दा जितपुर उप–विजेतामा सीमित बन्यो ।

यसैबीच सिधुवाका गोलकर्ता नरेन विक फाइनलको उत्कृष्ट खेलाडी घोषित भए । जितपुरका मनिस गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सिधुवाका विजय गुरुङ उत्कृष्ट गोलरक्षक र लालिगुराँसका रोम खड्का सर्वाधिक गोलकर्ता बन्दै पुरस्कृत भए । बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश सांसद इन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उपमेयर मञ्जु अधिकारी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

बसन्त पञ्चमीको अवसर पारेर महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समिति महालक्ष्मीले प्रतियोगिता सञ्चालन गरेको हो । पाँच दिनसम्म सञ्चालित प्रतियोगिताको उपाधिका लागि धनकुटा, भोजपुर, तेह्रथुम र झापाका १६ टिमबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिकृया दिनुहोस