डा. पुजन विश्वकर्माले खोप लगाएसँगै धनकुटामा शुरु भयो कोरोना विरुद्धको खोप अभियान

Dr. pujan corona khop

धनकुटा । धनकुटामा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई अनुदान सहयोग स्वरुप १० लाख डोज ‘कोभिसिल्ड’ खोप उपलब्ध गराएसँगै धनकुटामा बुधबारदेखि खोप लगाउन सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ७ वटै प्रदेशमा खोप अभियानको सुरुवात गरेसँगै धनकुटामा पनि खोप लगाउन सुरु गरिएको हो ।

धनकुटामा धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. पुजन विश्वकर्माले पहिलो खोप लगाए । धनकुटामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी र कोरोना संक्रमण नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई खोप लगाइने छ ।

डा. विश्वकर्माका अनुसार जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, एम्बुलेन्स चालकहरु, सरसफाई कर्मचारी शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीसहित १ हजार भन्दा बढीलाई खोप लगाइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...