‘दशक संगीत सम्मान’ बाट सम्मानित भए संगीतकार श्रेष्ठ

Santosh shrestha samman

काठमाडौं । नेपाली संगीतका धरोधर संगीतकार सन्तोष श्रेष्ठ सातौँ नेशनल क्यापिटल अवार्ड– २०७७ ‘दशक संगीत सम्मान’बाट सम्मानित भएका छन् ।

संगीतकार श्रेष्ठद्वारा संगीत गरिएको ‘ठ्याक्कै भेटौँला’ बोलको आधुनिक गीतका गायकद्वय अञ्जना गुरुङ र कन्हैयासिंह परियारले सर्वोत्कृष्ट युगल गीतमा पुरस्का पाएका छन् । सोही गीतको म्युजिक भिडियोबाट नव मोडल अपेक्षा सिंह तथा सर्वोत्कृष्ट निर्देशन स्मृति तिमिल्सिनाले पुरस्कार पाएका छन् ।

‘ए झण्डा‘’ बोलको गीतमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतकारमा रमेश दाहाल, सर्वोत्कृष्ट ध्वनी मिश्रणमा भोला पौडेलले पुरस्कार पाएका छन् । ‘जीवन संघर्ष हो‘’बाट सर्वोत्कृष्ट एरेञ्जरमा राजु कार्कीले पुरस्कार पाएका छन् । यी सबै गीतका संगीतकार श्रेष्ठ नै हुन् ।

क्यापिटल इभेन्टको आयोजनामा र शुभकामना मिडिया सोलुसनको व्यवस्थापनमा भएको कार्यक्रममा गीतसंगीत क्षेत्रका कलाकर्मीले अवार्ड र सम्मान पाएका थिए ।

उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायिकाको अवार्ड चुमेका थिए । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरिएको थियो ।

काठमाडौंमा आइतबार आयोजित अवार्ड कार्यक्रममा संगीतकार श्रेष्ठ सम्मानित भएका हुन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले श्रेष्ठलाई ‘दशक संगीत गीत’ सम्मानबाट सम्मान गरेका छन् ।

मन्त्री गुरुङले कार्यक्रममा सम्मानित र अवार्ड पाउने सबैलाई शुभकामना तथा बधाइ दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...