प्रधानमन्त्री क्रिकेट कपः आज पनि दुई खेल हुँदै

Cricket

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुर मैदानमा सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् । समूह ‘ए’ मा रहेका आर्मी र एपीएफले अहिलेसम्म तीन खेल खेलेकोमा जित निकालेका छन् ।

आज हार्ने टोलीले वाग्मतीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । त्यस्तै बिहान ९ बजे मुलपानी मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र प्रदेश(२ खेल्दैछन् । समूहमा ‘बी’ मा रहेको पुलिसले तीन खेल खेलेकामा दुई खेल जितेको छ भने एकमा हार व्यहोरेको छ ।

तीन खेल खेलेको प्रदेश २ ले एउटा पनि खेल जितेको छैन । प्रदेश २ प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा बराबरी खेल्दै वाग्मती र लुम्बिनीले अंक बाँडेका छन् । वाग्मतीले चार खेलमा सात अंक जोडेको छ ।

पाँच अंक जोडेको लुम्बिनीले भने अन्तिम चारमा स्थान बनाउन पुलिस र प्रदेश २ बीच हुने खेलको नतिजा कुर्नुपर्ने भएको छ । पुलिसले प्रदेश २ लाई हराएमा लुम्बिनीलाई उछिनेर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...