प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

Cricket 20201206053709

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो ।

लुम्बिनीले ६३ रनको विजय लक्ष्य १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नु भएन ।

बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिए । यस्तै अनिल खरेल र विक्रम भुसालले दुई–दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक–एक विकेट लिए । विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्दै लुम्बिनीका लागि सौरभ खनालले अविजित १८, प्रकाश केसीले १७ तथा कृष्ण कार्कीले १५ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिए ।

समूह ‘बी’ मा रहेको लुम्बिनी तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो ।

यस्तै सुदूरपश्चिम हालसम्म खेलेका तीन खेलमै पराजित भई अङ्कविहीन अवस्थामा छ । सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...