थप ३ सय २२ जनामा संक्रमण पुष्टि, मृतकको संख्या १ हजार ९ सय ६५ पुग्यो

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा सोमबार थप ३ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३०६ वटा नमूनाको पीसीआर परिक्षणका क्रममा  ३ सय २२ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ६७ हजार ६४४  पुगेको छ । यस्तै गएको २४ घण्टामा मृत्यु भएका ६  जनासहित नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै आइतबार थप ३७४ जना संक्रमित निको भएका छन् ।

योसँगै हालसम्म २ लाख ६१ हजार ८१८ जनाले कोरोनालाई जितेका छन् । मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६१  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख १६ हजार  ७५८ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...