कस्तो छ विजय पुनले ल्याएको पत्थरको मुटु ? (भिडियोसहित)

Patthar ko mutu songs

काठमाडौँ । प्रेम कथामा आधारित ‘पत्थरको मुटु’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रताप दासको स्वर रहेको गीतमा विजय पुनको मर्मस्पर्शी शब्द रहेको छ भने गीतलाई ऋषि खड्काले संगीत भरेका छन् । सो गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन् ।

भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ । साथै रमेश अधिकारीको पनि अभिनय छ । भिडियोलाई बुद्ध थापा र उनको संयुक्त समूहले छायांकन गरेका हुन् ।

भिडियोको मेकअप आर्टिस्ट समारा जोशी हुन् भने पोस्टरलाई सन्तोष सुनारले डिजाईन गरेका हुन् । राजेन्द्र अर्याल प्राविधिक सल्लाहकार रहेको भिडियोको निर्माण व्यवस्थापन राजाराम सिम्खडाले गरेका छन् । भिडियोको रङ्ग संयोजन, भीएफएक्स र सम्पादनको जिम्मा मिलन विश्वकर्माले पाएका थिए । कथा(निर्देशन भने विक्रम चौहानले गरेका छन् ।

गीतलाई उत्कृष्ट बनाउन धेरै सहयोगी हातहरुको साथ रहेको थियो । गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीत मार्फत् पस्किने प्रयास गरेका छन् । गीति लेखनमा पुनको यो पहिलो कदम हो ।

टिकटक मार्फत् भाइरल भएका विजयको कला क्षेत्रमा छिर्ने ढोकाको रूपमा यस गीतलाई लिन सकिन्छ । उसो त उनले यसअघि नै अभिनय गरेको ‘तिम्रो नामको सिन्दुर’ गीतको भिडियो हिट भइसकेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...