कवि रमेशचन्द्रको पुस्तक ‘बुढो गौंडा र इष्टेनीहरु’ को परिचर्चा

Rameshchandra book

धनकुटा । पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीद्धारा लिखित कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ को साहित्यकर्मीको जमघटमा धनकुटामा परिचर्चा गरिएको छ ।

मिसन पोइट्रीको आयोजनामा गरिएको कार्यक्रममा कविता संग्रहबारे कवि तथा भाषाविद्हरुले समिक्षा तथा समालोचना गरियो ।

सो अवसरमा भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेले परिवेशबाट उठान गरिएको कृति भित्र समग्र मुलुक प्रतिको चिन्तन, समसामयिक परिवेश, प्राकृतिक सौन्दर्यता आञ्चलिकता, सांस्कृतिक माधुर्यता र भाषिक शिल्पी रहेको टिप्पणी गरे । पछिल्लो समय आञ्चलिकता ओझेलमा पर्दै गएको अवस्थामा कवि अधिकारीले त्यो रिक्तता पुरा गरेको उल्लेख गरे ।

सहप्राध्यापक यज्ञप्रसाद गुरागाईले कविता कृतिमा आञ्चलिकता, व्यङ्ग्य, शान्तिको चाहना, भाषा र शिल्पी, वर्ण विन्यास र सौन्दर्य उत्तम रहेको उल्लेख गरे । उनले सांस्कृतिक, प्रणय, रुपक, उपमा लगायत विम्बबाट कविता कृति सजिएको चित्रण गरे ।

कार्यक्रममा स्रष्टा अधिकारीले जीवन नै कविवता र कविता नै जीवन लाग्ने उल्लेख गरे । २०५२ देखि २०७७ सम्म आफुले लेखेका कवितालाई संग्रहको रुपमा पुस्तकाकारको रुपमा समेटेको जनाए । कवि मुकुन्द प्रयास, के.जी.सुब्बा लगायतले पनि पुस्तकबारे धारणा राखे ।

सोहि अवसरमा कविता कृति बुढो गौंडा र इष्टेनीहरु’ हरुमा समावेश कविता विभिन्न कविहरुले वाचन गरेका थिए । कवि घनश्याम बरालले चिन्नु भो म उहि धनकुटा , मुकुन्द प्रयासले मतपेटिकाको साँचो, रोशन परियारले निरुत्तरित प्रश्न, केजी सुब्बाले त्यो दिन यो दिन, गीता अधिकारीले सिरानघरे कान्छीलाई चिठी, निर्मला कँुवरले कवि ज्यु लाई प्रश्न, सञ्जय सयलले निरुत्तरित प्रश्न शिर्षकका कविता वाचन गरे ।

दुई चरणमा आयोजना गरिएको कार्यक्रमको दोस्रो सृङ्खलामा विभिन्न कविहरुले आफ्ना रचना वाचन गरेका थिए । जसमा गोपाल भण्डारी, घनश्याम औलाली, अनन्त अनुराग, द्धारिका रिजाल, मुकुन्द प्रयास, रोशन परियार, देवकला कार्की, प्रज्वल पुकार, निर्मला कुँवर, इन्दु के.सी., यानिन्द्र तिगेला लगायतले रचना वाचन गरेको मिसन पोइट्रीका संयोजक के.जी.सुब्बाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...