गायक खाती र श्रेष्ठले लिएर आए ‘मिरमिरे साइली’ (भिडियो सहित)

2106 n

काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रमा पक्कै पनि नयाँ नाम हैन अमृत खाती र उमा श्रेष्ठ । हरेक प्रकारका गितहरु गाउन,लेख्न र सङीत गर्ने क्षमता भएका गायक खाती र धेरै कलाकारलाई रोजगारी दिदै आएकी सालघारी रोधी घरकी सञ्चालिका समेत रहेकी चर्चित गायिका उमा श्रेष्ठले नयाँ लोक दोहोरी गित ‘मिरमिरे साइली’ डी ए आर मुभिज मार्फत डिजिटल बजारमा सार्वजनिक गरेका छन्।

मुलको पानीले,ओ के छ त,बीउ खायो किरैले , रातो माटो लगायतका दर्जनौ गितहरुका गायक तथा सर्जक खाती र गुराँस फुल्यो बनमा,बरको छाया,मिस कल घरी घरी लगायत दर्जनौ गीतमा आफ्नो आवाज भरिसकेकी गायिका श्रेष्ठको आवाजमा रहेको रमाइलो गितको शब्द तथा सङ्गीत गायक खाती स्वमले गरेका छन् ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा संजिव ठकुरी र अनुपमा भण्डारीको अभिनय देख्न सकिने छ। उक्त गितको छायाङ्कन दीपक गिरिले गरेका छन् भने सम्पादन लक्ष्मण चौहानर मिलन विश्वकर्माको रहेको छ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गितमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...