गायक सपुतलाई ‘आदर्श विशेष सम्मान’

182348707126168788 1661938203845629 8878601714437510911 n

काठमाडौँ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई नगद २५ हजार राशिसहित सम्मान गरिने सहकारीले जनाएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकसङ्गीतको उत्थानमा पुर्याएको योगदान बापत सम्मान गर्न लागिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताए ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’लगायतका गीत लोकप्रिय छन् । उहाँ चलचित्र प्रदेशी–२ मा नायकको समेत भूमिकामा देखिँदै आएका छन् । सो चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

उक्त सम्मान छिट्टै विशेष समारोहका बीच गायक सपुतलाई समर्पण गरिने सहकारीका अध्यक्ष जिसीले बताए । ‘आदर्श विशेष सम्मान’ यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...