अग्रज गायक जगतमर्दन थापाको निधन

Jagat 1 696x308

काठमाडौं । ६ दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय रहँदै आएका अग्रज गायक जगतमर्दन थापाको ८२ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्र कोरोना भाइरस (कोभिड) को उपचार गराएर कोरोना जित्न सफल भएका उनलाई फेरि हालै श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा सो समस्याको उपचार गराउँदै आएका उनको श्वासप्रश्वाससम्बन्धी समस्याबाटै निधन भएका परिवारका सदस्यले बताएका छन् ।

उनको सोमबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । यसअघि कोरोना संक्रमण देखिएका कारण थापाको अन्त्येष्टिमा त्यति धेरै कलाकारहरु उपस्थित हुन सकेनन् । केही कलाकार र परिवारका सदस्यको उपस्थितिमा उनको दाहसंस्कार सम्पन्न भएको हो । गायक जगतमर्दन थापाको जन्म १९९५ साल असार १७ गते भएको थियो ।

उनले २०२० सालबाट गायन यात्रा सुरु गरेका थिए । नारायण गोपाल, प्रेमध्वज प्रधानलगायतका कलाकारहरुको सहकर्मीका रूपमा गायनमा अघि बढेका उनी कोरोना संक्रमण अघि पनि गायनमा क्रियाशील थिए । परिवार सदस्यका अनुसार बिरामी हुनुअघि गायक थापा नयाँ गीतिसंग्रहको तयारी गरिरहेका थिए । उनले केही गीतहरु रेकर्डसमेत गराइसकेका थिए । गायक थापाका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’सहितका दर्जनौं गीत चर्चामा रहेका छन् । उनको निधनप्रति दुःख जनाउँदै गीतकार संघ नेपालले सोमबार एक शोक विज्ञप्ति जारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...