सत्य–स्वरुपले बनाए कवाली शैलीको रोमान्टिक गीत

Satyashorup 5ysfe6zyrm

काठमाडौं । गायक तथा संगीतकार दाजुभाईद्धय सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । कवाली फ्लेवरको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुको प्रयोग भएको छ । गीतको भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ । जसको निर्देशन कविराज गहतराजले गरेका हुन् । बिवाहका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली भिडियोमा कथाको रुपमा देखाउन खोजिएको छ ।

भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन् । भिडियोमा राजकुमारीको भूमिका छुकिला शेर्पाले निर्वाह गरेकी छन् । उनी नव मोडल हुन् । होटल याक एण्ड यतीमा छायाँकन भएको भिडियोमा कोरस कलाकारलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ, भने गायक दाजुभाई सत्यराज र स्वरुपराजले समेत कवाली गाउँदै गरेको भिडियोमा देखाइएको छ ।

सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन भिडियोमा छ । गीतमा शब्द अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराज आचार्यकै छ । भिडियोमा कोरियोग्राफी दीपकराज सुनारले गरेका हुन् । गीत केही अगाडिको अमेरिका सांगीतिक यात्राका क्रममा बनाएको गायक तथा संगीतकार स्वरुपराज आचार्यले बताए । कवाली गजल टाइपको कम्पोज रहेको गीत आफुहरुले लामो समयपछि ल्याएको भएकोले यसमा मास र क्लासलाई ध्यान दिएको स्वरुपराजको भनाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...