उर्मिलाको नयाँ गीत ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ (भिडियो)

125099172 396718868141028 8255153649452014964 n 780x470

काठमाडौँ । वरिष्ठ गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा तिम्रो लागि जवानी ताजा ताजा छ ‘गीत सार्वजनिक भएको छ । नेपालीहरुको चार्ड तिहारको लक्ष्मी पुजाको दिन पारेर अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गरिएको यो गीत यम बरालका साथमा उर्मिला लाम्गादेको सांगितिक कोसेली हो ।

आनन्द अधिकारीको शब्द अनि शिशिर सन्तोषको संगीत रहेको गीतमा नाजिर हुनेन र उषा उप्रतीको अभिनय हरेको छ । पछिल्लो समय अमेरिका बस्दै आउनु भएकी गायिका उर्मिलाले हालसम्म आधा दर्जन संख्यामा गीतहरु सार्वजनिक गर्नुभएको छ । अमेरिकामै बस्दै आउनु भएका गायक यम बरालसँग भने लाम्गादेले पहिलो पटक गाउनु भएको हो ।

एक मिडियामा कुरा गर्दै गायक बरालले गीत निक्कै राम्रो भएको दावी गरेका छन । बिदेशमा बसेपनि आफुले संगीत र नेपाललाई बिर्सन र छोड्न नसक्ने उनले बताएका छन । आफु सांगितिक यात्रामै रहेको र यात्राकै क्रममा उर्मिला लाम्गादेसँग नयाँ कोसेली ल्याएको उनले बताएका छन ।


लाम्गादेले पनि गीत आशा लाग्दो बनेको भन्दै खुुसी व्यक्त गरेकी छन । उनले भनिन ‘निक्कै मेहनत गरेर गीत बनाएको छौं, यम बरालले साथ दिनु भएको छ, आशा छ सबैले मन पराइदिनु हुनेछ र माया गर्नुहुनेछ यो गीतबाट निक्कै आशावादी पनि छौं ।’ गीतमा भनिएको छ ‘माया हाम्रो बीचैमा साझा साझा छ..तिम्रो लागि जवानी ताजा ताजा छ..।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...