के छ प्रितमको ‘म पागल सरी’ मा ? (भिडियोसहित)

Ma pagal sari song

काठमाडौं । भारतको लोकप्रिय टेलिभिजन कार्यक्रम सारेगमपका पहिलो रनरअप गायक प्रितम आचार्यको स्वरमा तयार भएको ‘म पागल सरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शशिविक्रम थापाको संगीत रहेको ‘म पागल सरी’ बोलको गीतको शब्द प्रभाकर देव शर्माको रहेको छ भने संगीत संयोजन संगीतकार थापा कै छ ।

रुपेश उप्रेतीद्धारा निर्देशित ‘म पागल सरी’ बोलको गीतको गीतको म्युजिक भिडियोमा मुकेश अधिकारी, गोमा बाँस्कोटा, निश्चल अधिकारी, लिजा बाँस्तोला र आयुष रिजालको अभिनय छ । भिडियो को छायांकन र सम्पादन योगेन थापाले गरेका छन् ।

अमेरिकाको विभिन्न ठाउँमा छायांकन गरिएको सो गीतको म्युजिक भिडियो हाम्रो आफ्नै टिभी नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । सो गीतको म्युजिक भिडियो गत शुक्रबार अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट फेएर फिल्ड ओहिओमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस