द्धन्द्ध निर्देशक अष्ट महर्जनले बनाएको ‘गुञ्जन’ को फष्टलुक सार्वजनिक

Gunjan postar

काठमाडौं । द्धन्द्ध निर्देशकका रुपमा काम गर्दै आएका अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ ।

सार्वजनिक फष्टलुकमा फिल्मका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्टिक देख्न सकिन्छ । बिगत २ दशकदेखि फिल्मको द्धन्द निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्ससमेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौं, पोखरा, जोमसोममा छायाँकन भएको छ ।

प्रतिकृया दिनुहोस