कस्तो छ राजा राजेन्द्र पिरतीको चस्मा ? भिडियोसहित

Piratiko chasma song

काठमाडौं । हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको ‘पिरतीको चस्मा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको ‘पिरतीको चस्मा’ बोलको गीतको म्युजिक भिडियोको माइकल चन्दको निर्देशन छ भने विकास दहालको सम्पादन छ । यसलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

‘पिरतीको चस्मा’ मा टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालले अभिनय गरेका छन् । समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेको गीतको भिडियोमा जितु नेपाल मुन्द्रेले जीवनमा पहिलो पटक अभिनय गरेका हुन् ।

गीतमा जीतु नेपाल, समारिका, स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय रहेको छ । पिरतीको चश्मा बोलको गीतको भिडियो राजा राजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस