उपाध्यायले ल्याए नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’

Dr dr uppadhaya

काठमाडौं । किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको छ । डा. उपाध्यायको केही समयअघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो ।

फरक शैलीका गीत मार्फत डा। उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।उनका चाडपर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् ।

Video

प्रतिकृया दिनुहोस