खुसी थुलुङको नयाँ गीत ‘कति मीठो’ सार्वजनिक (भिडियोसहित)

Kati khusi song

काठमाडौं । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले संगीत गरेका हुन् ।

निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ ।

पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।

सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकी गायिका खुसीको यसअघि थुप्रै चर्चित गीत श्रोता तथा दर्शकमाझ आइसकेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...