गुणराज र अस्मिताले ‘दोबाटोमा चौतारी’ मा यसरी गरे रोमान्स (भिडियोसहित)

Dobatoma chautari

काठमाडौं । कोरोना कहरका बेला पनि नेपालमा म्युजिक भिडियोहरु धमाधम निर्माण भइरहेका छन् । यही क्रममा गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सुष्मा देवकोटाको शब्द रहेको ‘दोबाटोमा चौतारी’ बोलको गीतको संगीत सुवास भुसालको छ । ‘फील’ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा एरेन्ज उदयराज पौडेल र मिक्सिङ अशोक महर्जनको छ ।

पछिल्लो समयका व्यस्त मोडल सुधिर श्रेष्ठ, श्रृष्टी खड्का र गुणराज श्रेष्ठ अभिनित उक्त गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियोलाई निशा कश्यपले निर्देशन गरेकी हुन् ।

उत्सव दाहालले छायांकन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ । गीतको भिडियो गायकको आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस