रेखा शाहले कसलाई कसलाई भनिन्, एक दिन तिमी फर्कि आउने छौं (भिडियोसहित)

Rekha shaha

काठमाडौं । प्रेमराजा महत र रेखा शाहले गाएको गीत ‘सिमसिमे पानीमा, ज्यानले बैमान गर्छकी जिन्दगानीमा’ बोलको गीत निक्कै चर्चामा थियो । एक जमानामा चर्चित यो गीतकी गायीका रेखा शाहको नयाँ गीतको म्युजिक भिडियो ‘एक दिन तिमी फर्कि आउने छौ’ सार्वजनिक भएको छ ।

सुगम पोख्रेलको संगीत र भूपेन्द्र खड्काको रचना रहेको सार्वजनिक गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन सुन्न सकिन्छ । नितिन चन्दको निर्देशनमा तयार म्युजिक भिडियोमा गायिका शाहकै अभिनय देख्न सकिन्छ । भूपेन्द्र खडकाको रचना रहेको उक्त गीतमा संगीत भने लोकप्रिय गायक एबम संगीतकार सुगम पोख्रेलको रहेको छ ।

शाहले उक्त गीतलाई आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतमा संगीत संयोजन सुजिल कर्माचार्यको रहेको छ । नितिन चन्दले म्युजिक भिडियो निर्देशन गरेका छन् । सो गीतमा शाहले नै अभिनय गरेकी छन् ।

रुपेश थापाको छायांकन र सविश जोशीको सम्पादनमा तयार भिडियोलाई काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...