सुरजले विक्रमको साथमा के ल्याए दुईतले फलामको खाटैमा ? (भिडियोसहित)

Suraj bk song

काठमाडौँ । परदेशीको पीडा र वेदना समेटिएको ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मन लागेको वेला नपाईने जस्ता समस्याहरुलाई गीतमा समेटिएको छ ।

सुरज बिश्वकर्माको रचना एवं संगीतमा ‘दुईतले फलामको खाटैमा’ गीतमा स्वर नेपाल आइडल सिजन—२ का उपविजेता विक्रम बरालको छ । सो गीत बिश्वकर्माले आफ्नै यूट्यूव च्यानलमार्फ्त सार्वजनिक गरेका छन् । जुन गीतको शब्द र संगीत सुरज बिश्वकर्माकै भने संगीत संयोजन भने विनोद रसाइलीको छ ।

युवा पुस्ताका परदेशीका दुःखलाई गीतमा समेटिएको सुरज बताउँछन् । उनी मकाउमा बसेर गीत लेखन र संगीतलाई निरन्तरता दिँदै आएका छन् । पोखरा घर भई लामो समयदेखि मकाउलाई कर्मथलो बनाएरका सर्जक विश्वकर्माको यो तेस्रो प्रस्तुति हो ।

यसअघि उनले ‘विस्तारै विस्तारै’ र ‘तिम्रो मन’ जस्ता सदावहार गीतहरु कर्णदासको स्वरमा सार्वजनिक गरिसकेका छन् । बिद्यार्थीकालदेखि नै कविता र गीतहरु लेख्ने विश्वकर्माले पछिल्लो समय गीतहरुमा कलम चलाउँदै आएका छन् ।

Video

प्रतिकृया दिनुहोस