हास्यव्यङ्ग्य कलाकार राजाराम पौडेललाई ‘भैरव पुरस्कार’

Nepali comedy tv show episod 2

काठमाडौँ । हास्यव्यङ्ग्यलाकार राजाराम पौडेलले यस वर्षको ‘भैरव पुरस्कार’ पाउने भएका छन् ।

हरेक दुई वर्षमा वितरण हुँदै आएको ‘भैरव पुरस्कार’ यो वर्ष कलाकार राजाराम पौडेल र रामकुमार पाँडेलाई प्रदान गरिने भएको हो । हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार मध्य भैरव प्रतिभा पुरस्कार पौडेललाई र भैरव पुरस्कार पाँडेलाई दिन लागिएको हो ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा.डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई यो बर्ष पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ ?’, ‘खप्पर’, ‘रसरङ्गी’लगायत कृति प्रकाशित छन् । त्यस्तै पौडेल २०३७ सालमा रिलिज ‘बासुदेव’ फिल्मबाट अभिनयमा होमिएका थिए । पौडेलले तीन सय बढी फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...