कोरोना संक्रमित मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

Manoj gajurel

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर समस्या आएको छ । यही कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो । संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो । आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस