चर्चित मोडल अनुशा राईसँग यसरी सीन रोमान्स गर्दै उत्तम राई (भिडियोसहित)

Uttam rai

काठमाडौं । गायक तथा संगीतकार उत्तम राई र अहिले चर्चामा रहेकी मोडल अनुशा राईद्धारा अभिनित ‘हाम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार उत्तम राई र सुरिलो स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ । लेखु सहयात्रीको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् ।

राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल थापाले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक म्युजिक भिडियोलाई उत्तम राईले नै निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईको कन्सेप्ट तथा छायांकन रहेको भिडियो दिनसोन शाहको सम्पादन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस