राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीको जिम्मेवारी हेरफेर

Sangitkarmi sang kaski

पोखरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ ।

साधारणसभाले सङ्घको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ । सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं सङ्घसंस्था समन्वय प्रमुखमा ऋषिराम बाँस्तोला (बाबुराम) लाई चयन गरेको सङ्घले जनाएको छ ।

कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहालद्वारा प्रस्तुत सङ्घको आर्थिक एवं साङ्ठनिक प्रगति तथा भावी योजनालाई साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।

आगामी शनिबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आकस्मिक रक्तदान कार्यक्रम गर्न प्रकाश सापकोटाको संयोजकत्वमा ईश्वरराज भण्डारी, कपिल श्रेष्ठ, सपना सुनार, रिजन बस्ताकोटी सदस्य रहेको समिति गठन गरेको छ ।

 

प्रतिकृया दिनुहोस