बेलुनभित्रै यसरी गरियो सांगीतिक मस्ती (हेर्नुस् भिडियो)

Concert stephen colbert

विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले धेरैको ज्यान लिएको छ । धेरै मानिसहरु मृत्युसँग लगिरहेका छन । धेरै मानिसहरु संक्रमित भएका छन । विश्व समुदायमा यसले धेरै नोक्सानी पुर्याएको छ ।

योसँगै कोरोनाले मानिसलाई शिक्षा पनि दिएको छ । धुलो धुवाँमा समेत मास्क नलगाउने, बरु हातले मुख थुनेर हिंड्नेहरु अहिले मास्क लगाउन थालेका छन । अर्थात मास्कको प्रयोग सामन्य बनिसकेको छ । साबुन पानीले राम्ररी हात धुने र सामाजिक दुरी कायम गर्ने जस्ता नियमहरु मानवीय जीवनको दैनिकी बनिसकेको छ ।

यहि सन्दर्भमा अमेरिकामा भएको एक कन्सर्टले धेरैको ध्यान तानेको छ । हालै ‘द फ्लेमिङ्ग लिप्स’ नामक ब्याण्डले निकै अचम्मको कन्सर्टको आयोजना गर्यो । यो कन्सर्टमा प्रस्तुती दिने कलाकारहरुदेखि लिएर सम्पूर्ण दर्शकहरु छुट्टा छुट्टै प्लास्टिकको बेलुनभित्र बन्द भएर रमाइरहेका थिए ।

यो अचम्म लाग्दो कन्सर्ट अमेरिकाको ओक्लाहोमा शहरमा भएको हो । अहिले यो कन्सर्टका तस्विर र भिडियोहरु संसारभर भाइरल बनेका छन । कोरोना महामरीकाबीच आयोजना गरिएको यो कन्सर्टले पनि राम्रै शिक्षा दिएको छ ।

कोरोना संक्रमणको जोखिम अन्त्य नहुञ्जेलसम्म कन्सर्टको आयोजना गर्नुपरे प्लास्टिकका बेलुनको प्रयोग गर्न उपयुक्त हुने शिक्षा विश्वभरका कलाकारले पाएका छन । ‘द फ्लेमिङ्ग लिप्स’ ब्याण्डले गरेको यो ‘बबल्स शो’ पहिलो हैन ।

यो ब्याण्डले आफ्नो पहिलो ‘बबल्स प्रफर्मेन्स’ जुन महिनामा दिइसकेको छ । यो लगायत द फ्लेमिङ्ग लिप्स ब्याण्डले थुप्रै प्रस्तुतीहरु दिइसकेको छ । ब्याण्डका मुख्य गायक भेन कयनेले बताए अनुसार अरुसंगको सिधा सम्पर्कबाट बच्दै उनले थुप्रै कार्यक्रमहरु गरेका थिए ।

जसअनुसार उनी आफु एक प्लास्टिकको बेलुन भित्र पसेर आफ्नो प्रस्तुती दिएका थिए । जुन सफल पनि भएको थियो । यही सफलताबाट उनलाई अर्को एक जुक्ती फुर्यो ।

जसअनुसार कन्सर्टका कलाकारहरु मात्रै हैन, हेर्ने सबै दर्शकहरुलाई पनि बेलुनभित्र राख्ने सोंंचले जन्म लिएको हो । एक आपसको सोझो सम्पर्कबाट बच्ने र कन्सर्टमा रमाउन पाइने ‘बबल्स प्रफर्मेन्स’ को यो युक्ति अहिले सर्वत्र लोकप्रिय बनेको छ ।

ओक्लाहोमा आयोजना गरिएको कन्सर्टमा थेरै दर्शक थिए । तर अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि ४ हजार दर्शकहरु सहभागी हुनसक्ने बबल्स शोको आयोजना गर्ने गायक भेन कयनेलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...