कोरोना कहरमा दशैं मान्न किन आफ्नै घर बोलाउँदैछन् विक ? (भिडियोसहित)

Padak bk

काठमाडौं । यतिबेला नेपालीहरुको महान चाड बडा दशैंले झ्याप्पै छोपेको छ । कोरोना कहर भए पनि आफ्ना आफनताको हातबाट टिका लगाउँदै आर्शिवाद थाप्ने धेरैको अपेक्षा पूरा हुन कठिन छ । तर, साहित्यकार पदम विश्वकर्मा भन्दै छन्, ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा ।’

विश्वकर्माले कोरोना संक्रमणले आफ्ना आफन्तलाई भेट गर्न नदिए पनि ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा’ बोलको गीतमार्फत आम हिन्दुहरुको अपेक्षा प्रस्तुत गरेका छन् ।

चर्चित संगीतकार राम कार्कीको संगीत र कृष्णभक्त राईको स्वरमा रहेको ‘यसपालिको दशै मान्न घरै आउनु कान्छा’ बोलको गीतको लिरिकल भिडियो गीत युट्युवमार्फत सार्वजनिक भएको छ ।

यसपालिको दशै मान्न घरै आउनु कान्छा
कसैगरी टिका थाप्न घरै धाउनु कान्छा
घरै धाउनु कान्छा, यसपालिको दशै मान्न ।

अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्वअध्यक्ष पदम विश्वकर्मा अनवरत रुपमा नेपाली साहित्यमा लागिपरेका छन् । अनेसास केन्द्रीय समितिमा दुई कार्यकाल अध्यक्ष भइसकेका विश्वकर्मा बोर्ड अफ ट्रस्टीको उपाध्यक्षसमेत भइसकेका छन् ।

नासो कम्युनिटी र ब्लड डोनर्स अफ अमेरिका गरी दुईवटा निकायको सल्लाहकारका रुपमा तथा जातीय भेदभाव विरुद्ध विश्वमञ्चको वरिष्ठ उपाध्यक्ष भइसकेका साहित्यकार पदम विश्वकर्मा ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’का अध्यक्ष हुन् ।

नले साहित्यकार डा. अम्वेडकर अन्तर्रराष्ट्रिय पुरस्कार–२०१८ लगायत केही विशिष्ट पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् । विश्वकर्माको ‘तमसुक’ कथा संग्रह र शब्द सुमन कविता संग्रह पुस्तक प्रकाशित छ ।

यसअघि साहित्यकार विश्वकर्माको शब्दमा ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक भइसको छन् ।

 

Video

प्रतिकृया दिनुहोस