भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Bharat hospital

चितवन । कोरोना भाइरसको संक्रमण देखिएका ४७ वर्षका एक पुरूषको शनिबार साँझ भरतपुर अस्पतालमा निधन भएको छ । सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका १ का ती पुरूष ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शुक्रबार अस्पताल भर्ना भएका थिए । उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि अस्पतालले कोभिड आईसीयूमा राखेर उपचार सुरू गरेको थियो । उनको शनिबार साँझ साढे ६ बजे निधन भएको सूचना अधिकारी पौडेलले बताए । चितवनमा योसँगै कोरोना भाइरस संक्रमण देखिएका ३१ जनाको निधन भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...