वर्षा लेख्छिन् – खै कहाँ छ नारीलाई सम्मान ?

0c3f4c3832848593674f83a7d5902fc7 l

काठमाडौँ । नायिका वर्षा राउतले नारीलाई सम्मान कहाँ छ भन्दै प्रश्न उठाएकी छिन् । दैनिक बलात्कारको घटना बढेपछि उनले नारीलाई सम्मान कागजमा मात्र सिमित भएको उल्लेख गरेकी हुन् । वर्षा लेख्छिन्–‘म एक नारी हुँ । एक नेपाली नारी । धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरुलाई सम्मानित, सुरक्षित र समान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी ।

यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद । तर, कती दिन धन्यवाद भनिरहने । नारी अधिकारका लागि कानुन छ तर कागजमा मात्र सिमित । कानुन मन्त्री र न्यायमुर्ती पनि नारीहरु नै हुनुहुन्छ तर मौन । नेपाली कानुनले आँखा मात्र होइन कान र मुखमा पनि पट्टी बाँधे झै भान भैरहेको छ ।

वर्षाले भर्खरै जन्मेको शिशुदेखि ८० बर्षकी वृद्धासम्म बलात्कृत भएको घटनालाई स्मरण गर्दै खै कहाँ छ नारीलाई सुरक्षा भनेर प्रश्न गरेकी छिन् । उनले, नारीका लागि कानुन समेत नरहेको बताएकी छिन् । उनले, बलात्कारीहरु गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहँदा कानुनको कार्यान्वयन गर्ने सांसददेखि मन्त्री नै संख्या गनेर बसेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । उनले प्रश्न गरेकी छिन्–‘कसले सुन्ने हाम्रो चित्कार, कसले मेटाउने हाम्रो त्रास, कसले दिने हामीलाई सुरक्षा अनी न्याय ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...