सुमिनाले ल्याइन् ‘दिए मन तिमीलाई’ (भिडियोसहित)

Sumina baraili

काठमाडौं । नवोदित गायीका सुमिना बराइलीको नयाँ गीत ‘दिए मन तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ७ मा जन्मिएकी गायीका बराइलीले चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार रहेको ‘दिए मन तिमीलाई’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गोपाल बराइलीको शब्द रहेको सो गीतको संगीत संयोजना देवेन्द्र नेवाको रहेको छ । म्युजिक भिडियोमा गायीका आफैंले अभिनय गरेकी छन् ।

उक्त गीतको म्युजिक भिडियोलाई राम विकले निर्देशन गरेका छन् भने सम्पादन भुपाल वान्तवाले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस