लागुऔषधी मुद्दाः दीपीका, सारा, श्रद्धा र रकुललाई एनसीबीले सोधपुछको लागि बोलायो

2020 09 23 bollywood actress

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले लागुऔषध मुद्दामा बलिउडका अभिनेत्रीहरुलाई सोधपुछको लागि बोलाएको छ । एनसीबीले अभिनेत्री दीपिका पदुकोण, सारा अली खान, श्रद्धा कपुर, रकुल प्रित सिंह र फेसन डिजाइनर सिमोन खम्बाटालाई बोलाएको हो ।

एनसीबीले अभिनेत्री दीपिकालाई २५ सेप्टेम्बरमा बोलाएको छ । अहिले दीपिका गोवामा छिन् र एनसीबीमा आफ्नो बयान दर्ता गर्न उनी चाँडै नै मुम्बई आउने छिन् । यस्तै रकुल र सिमोनलाई २४ सेप्टेम्बर र श्रद्धा र सारालाई २६ सेप्टेम्बरमा मुम्बईस्थित एनसीबीको प्रधान कार्यालय बोलाएको छ ।

एनसीबीले हालसम्म यस मुद्दामा रिया चक्रवर्ती, उनका भाई सोविक चक्रवर्ती, सुशान्तका अपार्टमेन्ट म्यानेजर शम्युएल मिरान्दा र उनको घरमा कर्मचारी दीपेश सावन्तलाई पक्राउ गरेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा लागुऔषध सम्बन्धमा अनुसन्धान गर्दै एनसीबीले यसअघि दीपिकाका प्रबन्धक करिष्मा प्रकाश र क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीका सीईओ ध्रुव चितगोपेकरलाई सोधपुछको लागि बोलाइसकेको छ ।

एनसीबीले ह्वाट्स एप म्यासेजमा लागुऔषध किनबेचको कुरापछि सोधपुछको लागि बोलाएको हो । जसमा दीपिकाले उनकी म्यानेजर करिष्मालाई लागुऔषध पठाउन च्याट गरिएको थियो भने अन्यसँग रियाको ह्वाट्स एप ग्रुपमा लागुऔषधबारे कुराकानीको आधारमा बोलाएको हो । 

प्रतिकृया दिनुहोस