बलिउड ड्रग्स मुद्दामा दीपिका पादुकोणको नाम पनि मुछियो

Deepika padukone drug

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपुतको निधनसँग जोडिएको बलिउडको लागुऔषध दुर्व्यसनी मुद्दामा अभिनेत्री दीपिका पादुकोणको नाम पनि मुछिएको छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को जाँचमा दीपिकाको पनि संलग्नता देखाएको हो । यसअघि श्रद्धा कपूर, रकुल प्रीत सिंह र सारा अली खानको नाम जोडिइसकेको छ । हिरासतमा रहेकी सुशान्तको मृत्यु प्रकरणमा मुख्य अभियुक्त मानिएकी रिया चक्रवर्तीले बलिउडको ड्रग्स कनेक्सनबारे सिलसिलेवार रुपमा खुलासा गरिरहेकी छन् ।

दीपिकाको नाम बलिउड ड्रग्स च्याटमार्फत पत्ता लागेको हो । च्याटमा दीपिकाले करिश्मा नाम गरेकी युवतीलाई ड्रग्स अर्डर गरेको खुलेको छ । करिश्मा क्विन ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सीकी कर्मचारी हुन् ।

च्याटमा पूर्वअभिनेत्री नम्रता शिरोडकरको नाम पनि देखिएको छ । जो साउथ स्टार महेश बाबुकी पत्नी हुन् । टाइम्स नाउको रिपोर्टअनुसार एनसीबीले दीपिकालाई आउँदो हप्ता सोधपुछका लागि पत्र पठाउने तयारी गरेको छ। रकुल, श्रद्धा र सारालाई भने आजभोलि नै बोलाउने तयारी छ।

कंगनाको कटाक्ष बलिउड ड्रग्स च्याटमा दीपिकाको नाम मुछिएपछि अभिनेत्री कंगना रनौतले कटाक्ष गरेकी छन् । दीपिकाले हालै डिप्रेशनलाई लिएर रिपिट आफ्टर मी नामको एक पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यसको निकै चर्चा भयो। ट्वीटरमा भनेर ट्रेण्डिङमा आयो । कंगनाले यहिँ कुरालाई लिएर दीपिकामाथि कटाक्ष गरेकी हुन् ।

उनले डिप्रेशन ड्रग्स सेवनको परिणाम भएको उल्लेख गरेकी छन् ।‘ रिपिट आफ्टर मीः डिप्रेसन ड्रग्स लिनुको एक परिणाम हो । तथाकथित हाई सोसाइटी, ठूला स्टारका बच्चा जो सर्वश्रेष्ठ हुने दावी गर्छन् र राम्रो पालनपोषण पाउँछन्, अनि आफ्नो म्यानेजरसँग सोध्छन् माल छ कि कंगनाले नार्कोटेररिजम आजको सबैभन्दा ठूलो चुनौती भएको पनि बताएकी छन्। यसमा सोच्ने बेला आएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...