कुलमानलाई कलाकारको साथ पुन नियुक्तिको लागि दिपकराज गिरीद्धारा एक अभियानको घोषणा

Picsart 12 26 03.45.50

काठमाडौँ । कलाकार दिपकराज गिरीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै एक अभियानको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन् । उनले कुलमानलाई पुनर्नियुक्तिको माग गर्दै जनदवावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गर्न आह्वान गरेका छन् ।

गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमानजीको पुनर्नियुक्तिका लागि जनदवावस्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर ऐक्यबद्धता प्रकट गरौं।’ गिरीको यो घोषणालाई धेरैले समर्थन गर्दै साथ दिने समेत बताएका छन्।

नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको कार्यकाल आइतबारबाट सकिएको छ। तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरेको छैन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...