देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघ्योः काठमाडौं उपत्यकामा मात्रै १० हजार नाघे

982955280corona 2

काठमाडौँ । देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । बिहीबार मात्र एक हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन् । बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा मात्रै संक्रमित १० हजार नाघेका छन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् ।

पछिल्लो समय करिब १५ प्रतिशतमा संक्रमणसँगै अन्य दीर्घ रोगसमेत पाइएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी ६ सय ३० जनामा संक्रमण देखिएको छ । उपत्यकामा तीन सातायता निषेधाज्ञा जारी रहँदासमेत संक्रमितको संख्यामा कमी देखिएन ।

कोइरालाका अनुसार बुधबार उपत्यकामा ५ सय ३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये करिब ३० जनाको मात्र ट्राभल हिस्ट्री छ । ‘निषेधाज्ञाले उपत्यकामा संक्रमितको संख्या खासै घटेको छैन,’ कोइरालाले भने, ‘निषेधाज्ञाको तेस्रो साता यसले पारेको असरको मूल्यांकन गरेर मात्र भावी रणनीति बनाउनुपर्थ्यो, निषेधाज्ञा खुकुलो बनाउन हतार गरियो ।’ स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ ।

काठमाडौंमा ८ हजार १ सय ८, ललितपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना छन् । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार बिहीबारसम्म उपत्यकामा ५ हजार ५ सय ५७ जना उपचाररत छन् भने ४ हजार ३ सय ९५ जना डिस्चार्ज भइसकेका छन् । यस्तै, काठमाडौंमा ४५, भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६२ जनाको मृत्यु भएको छ । हाल उपत्यकामा समूहमा रहनेहरू बढी मात्रामा संक्रमित देखिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...