किशोरको गीतमा पल शाह र वर्षा शिवाकोटीको गज्जब अभिनय (भिडियो)

1599746687 84xwn

काठमाडौँ । लामो समयदेखि अमेरिकामा रहेर पनि गीत संगीतमा सक्रिय गायक हुन् किशोर शिवाकोटी । सुमधर स्वरका गायक शिवाकोटीले केही समयको अन्तरालमा गीत बजारमा ल्याउँछन् जसले निकै चर्चा परिचर्चा बटुल्छन् ।

यसैबिच बिहिबार गायक शिवाकोटीले छमछम नाच्ने माया प्रेमले भरीएको रमाइलो गीतको भिडियो बजारमा ल्याएका छन् । गीतकार एकनारायण भण्डारीको शब्द लोकप्रिय गायक तथा संगीतकार सत्य स्वरुपको संगीत समावेश गीतमा बहुचर्चित मोडत तथा नायक पल शाहसँग सुन्दरी नायिका वर्षा शिवाकोटीको जिवन्त अभिनय रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको गीत किशोरको त्रिब्युट एल्बममा समावेश छ । पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाकोको छायांकन रहेको छ भने सम्पादन विकाश धमलाले गरेका हुन् । सार्वजनिक गीतको भिडियो केके म्यूजिकबाट बजारमा ल्याइएको हो ।

 

Video

प्रतिकृया दिनुहोस