आज नेपाल आइडल सिजन ३ को फाइन, कस्ले जित्ला उपाधी ?

Nepal idol 3 top 3 20200828005300

काठमाडौँ । नेपाल आइडल सिजन ३ को आज फाइनल हुने भएको छ ।  एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो । फाइनलमा किरण भुजेल, प्रवीण बेडवाल र सज्जा चौलागाई पुगेका छन् ।

कार्यक्रममा विजेताले ५० लाख, फस्ट रनरअपले १५ लाख नगद र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गर्नेछन् । महोत्तरी बर्दिवासका भुजेल, बर्दियाका बेडवाल र मोरङकी चौलागाई तीनैजनाबीच दह्रो प्रतिस्पर्धा हुने भएको छ । दर्शकको भोटिङका आधारमा आइडल छानिने भएकाले जसले बढी भोट ल्यायो उही विजेता बन्नेछन् ।

आइडलका तीनै प्रतिस्पर्धीलाई भोटिङ गर्ने समय आज साँझ ५ बजेसम्म मात्र छ । एपीवान टेलिभिजनले ज्यादै सीमित मान्छेको बीचमा ग्रान्ड फिनाले कार्यक्रम आयोजना गर्ने भएको छ ।

तीन प्रतिस्पर्धीमध्ये बेडवाल र चौलागार्ई लगातार फाइनलमा पुगेका हुन् भने भुजेल वाइल्ड कार्डबाट इन्ट्री पाएका हुन् । उनी टप सेभेनबाट बाहिरिएका थिए । तर, पछि धेरै भोट पाउँदै फाइनलमा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...