सशस्त्र प्रहरीको रिजर्भ गणमा कार्यरत ४९ जनामा कोरोना संक्रमण पुष्टि

Corona test19

बारा । सशस्त्र प्रहरी बलको पिलुवास्थित ४० नम्बर रिजर्भ गणमा कार्यरत ४९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीमा यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो हो । योसँगै बारामा कोरोना संक्रमितको संख्या ८ सय ६ पुगेको छ ।

संक्रमितमध्ये ९७ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्र र तीन सय ५० जना घरमा आइसोलेट भएर बसेका छन् । संक्रमितमध्ये दुई ९५ जना संक्रमणमुक्त भइसकेका छन् । बारामा मृत्यु भएका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको भदौ ७ गते स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो । पर्साका विभिन्न नाका क्षेत्रमा खटिएर पिलुवास्थित गणमा आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गणमा कार्यरत एक सय १२ जनाको स्वाब संकलन गरिएको र जसमध्ये ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । कोरोना संक्रमण देखिएका प्रहरीमा सामान्य लक्षण समेत नरहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...