नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ हजार ११७ पुग्याे

९८०५८र९५

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । योसँगै संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप ६ सय ३४ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

शनिबार इलामका १, झापाका १७, भोजपुरका ३, मोरङका ५२, संखुवासभाका १, सुनसरीका ३१, धनुषाका ३, पर्साका ५९, बाराका १०, महोत्तरीका १, रौतहटका २, सप्तरीका १, सिराहाका ३५, काठमाडौंका १६०, काभ्रेका ३, चितवनका २७, दोलखाका ४, धादिङका २ र नुवाकोटका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भक्तपुरका ५०, मकवानपुरका ३२, ललितपुरका ६, सिन्धुलीका १, कास्कीका १६, तनहुँका २, नवलपरासी पूर्वका ३, बागलुङका १, स्याङ्जाका १, कपिलवस्तुका १५, नवलपरासी पश्चिमका ३, पाल्पाका २, प्यूठानका १, बर्दियाका ७, बाँकेका २८, रुपन्देहीका २३, रोल्पाका १, जुम्लाका २, सुर्खेतका २, कैलालीका १४, डडेल्धुराका १ र डोटीका १ जनाको पनि पीसीआर पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टाभित्र १ सय ३६ जना डिस्चार्ज भएसँगै १८ हजार ३ सय ५० जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसिआर परिक्षण गरिएको डा. गौतमले बताए ।

यस्तै देशभर १२ हजार ६ सय २१ सक्रिय संक्रमित रहेका छन् भने ११ हजार ६ सय ५८ जना क्वारेन्टाईनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...