कन्काईष्ट राई कसको रुपले फिदा भए ?

Kankaist rai

काठमाडौं । गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेपालमै पहिलोपटक थ्रिडी प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ ।

गीतको लिरिकल भिडियोलाई थ्रिडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । अर्जुन पौडेलको शब्द, मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतको भिडियोमा विष्ट स्वयंमको दृश्य तथा परिकल्पना रहेको छ ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा संगीतकार कन्काइष्ट राईले ‘तिम्ले माया लाउँदा, मुटुभित्र देउन मलाई बाँस, अरुकै सिन्दुरले सजिए पनि, काठमाडौंको मायै महंगो’ लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएर श्रोताहरुको मन जितिसकेका छन् ।

उनको राजधानीको नक्सालस्थित भर्जिन रेकर्डिङ स्टुडियो सन्चालनमा रहेको छ । सार्वजनिक यस गीतको पनि चाँडै भिडियो निर्माण गर्ने योजना रहेको राई बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...